प्रचण्ड नेपालको शक्ति प्रदर्शनका कारण सवारीसाधन अस्तव्यस्त

 ग्लोवल टि.भी.      शुक्रबार, माघ ९, २०७७      0

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको शक्ति प्रदर्शनका कारण काठमाडौंमा चल्ने सवारी–साधन अस्तव्यस्त बनेको छ ।

नेकपाले आज काठमाडौंका ९ स्थानबाट जुलुस निकाल्ने तयारी गरेपछि सवारी अस्तव्यस्त बनेको हो । जसका कारण नागरिकलाई समेत सास्ती भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोड भएर भित्री चोकतर्फ आउने ठूला सवारी–साधनलाई ‘डाइभर्सन’ गरिएको छ ।

प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी–साधनलाई सभागृहमोड र पद्यमोदयबाट आउने–जाने व्यवस्था मिलाइएको छ । रणोद्धीपबाट भोटाहिटीतर्फ आउने–जाने सवारी–साधनलाई डाइभर्सन, भोटाहिटीबाट जमल हुँदै घन्टाघरतर्फ आउने सवारी–साधनलाई तीनधारा पाठशाला हुँदै महेन्द्र सालिकतर्फ पठाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *