चन्द्रागिरी नगरपालिकामा संसद विघठन विरुद्ध काँग्रेसको विरोध प्रर्दशन

 ग्लोबल टिभि           0

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले बिहीवार देशभर वडास्तरमा प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेस चन्द्रागिरी नगर समितिको आयोजनामा नगरपालिकाको वडा नम्बर १२ स्थित बलम्बुमा भएको बृहत कार्यक्रममा तरुणदलका केन्द्रीय सभापति जितजंग बस्नेतको उपस्थिति थियो ।

आयोजित बिरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सभापति बस्नेतले संविधानका कुनै पनि धारा, उपधाराले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था नभएको प्रष्ट पारेका हुन्।

उनले संविधानमै नभएको व्यवस्था अनुसार संसद विघटन गरेकै कारण पूर्वप्रधानन्यायाधीश समेत एक ठाउँमा उभिएर सरकारको ध्यानाकर्षण गराएको जिकीर समेत गरेका छन् ।

चन्द्रगिरी नगरपालिका वडा नं. १२ बलम्वुमा संसद विघटनको विरोधमा बृहत जनप्रर्दशन सम्पन्न गरेको नेपाल तरुण दल चनदागिरी नगर कार्य समिति प्रचार– प्रसार विभाग प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदम बिरुद्ध तरुण दल चन्द्रागिरीले आगामी दिनमा आन्दोलनलाई अझै सशक्त बनाउने जानकारी दिए ।

देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन सम्पन्न भएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरि सकेको छ ।


छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *