एमसीसीले देश विकास र रोजगार बढाउँछ -देउवा

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन २६, २०७८      0

फागुन २६
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतापछि देश विकास हुनुका साथै रोजगारका अवसर बढ्ने बताए ।

एमसीसी सम्झौता अनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने उनको भनाइ छ । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरे ।

एमसीसीबाट आउने रकम ऋण नभई अनुदान रहेको उनले स्पष्ट पारे । काँग्रेस सभापति समेत रहेका देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *