समूहगत छलफलको निष्कर्ष पेस गरिँदै
ग्लोबल टिभि
बिहिबार, फाल्गुन २६, २०७८
0
फागुन २६
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन पनि जारी छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीति प्रतिवदेनमाथि समूहगत छलफलको निष्कर्ष पेस भइरहेको छ ।
समूहगत छलफलका लागि बुधबार नै सात वटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर ९ वटा समूह बनाइएको थियो।
हिजैदेखि सुरु भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइसकेपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिने कार्यक्रम छ। त्यस्तै, नेता झलनाथ खनालले पनि मन्तव्य राख्नेछन्।
Post Views: 779
Leave a Reply