प्रचण्ड -नेपाल समुहको शक्ति प्रदर्शन

 ग्लोवल टि.भी.      शुक्रबार, माघ ९, २०७७      0

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा विरोध प्रदर्शन र सभा आयोजना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल शक्ति प्रदर्शन गरेको हो ।

यसका लागि उपत्यकामा विभिन्न १० स्थानबाट जुलुस निकालिएको छ । जुलुस बसपार्कअगाडि पुगेर सभामा परिणत हुँदै छ । जुलुसको नेतृत्व स्थायी कमिटी सदस्यहरूले गरेका छन् ।

सभालाई अध्यक्षद्वय प्रचण्ड, नेपाल, घनश्याम भुसाललगायतले सम्बोधन गर्ने बताइएको छ ।

गएको पुस १४ गते राष्ट्रियसभा गृहअघिल्तिर सभाको आयोजना गरिएको थियो । त्यसो हुँदा प्रदर्शनीमार्गको बाटो अवरूद्ध हुन पुगेको थियो । यसपटक रत्नपार्क–भद्रकाली सडकखन्डको मूल सडक नै थुनेर सभा आयोजना गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *