ग्लोबल टिभि
आइतवार, फाल्गुन २९, २०७८
0
फागुन २९
प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पेश भएको छ ।
आजको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाभियोग प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गर्दै सांसद गुरुङले प्रधानन्यायाधीश जबराले संविधान, कानुन र न्यायिक मूल्य मान्यताविरुद्ध काम गरेको आरोप लगाए ।
उनले प्रधानन्यायाधीश जबराले संवैधानिक परिषदको सदस्यको हैसियतमा विभिन्न संवैधानिक निकायमा भाग लिएको र कार्यपालिकामा पनि हिस्सा खोजेको दाबी गरे ।
सभामुख सापकोटाले महाअभियोग प्रस्तावमाथि चैत २ गते बस्ने बैठकमा छलफल गर्ने बताए । फागुन १ गतेको बैठमामा प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
Post Views: 840
Leave a Reply