काठमाडौं,फागुन २९गते । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।
नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहका गतिविधि हेरेर नै जनताले सरकारप्रतिको धारणा बनाउने बताउनुभयो ।
स्थानीय तह नै जनताको नजिकको सरकार हो । स्थानीय तहका गतिविधिकै आधारमा जनताले सरकारप्रतिको धारणा बनाउने भन्दै प्रधानमन्त्री देउवाले जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
स्थानीय तह भन्ने वा स्थानीय सरकार भन्ने विषयमा प्रश्न उठेको भन्दै प्रधानमन्त्री देउवाले त्यो अप्ठ्यारो विषय नभएको बताउनुभयो । स्थानीय तह वा स्थानीय सरकार के भन्ने कुरा मुख्य नभएको भन्दै उहाँले मुख्य त सेवा प्रवाह भएको तर्क गर्नुभयो ।
स्थानीय जनप्रतिनिधिलाई जनताको दुःख हटाउने गरी काम गर्न भन्दै जनतालाई प्रत्यक्ष सहभागी गराएर विकास निर्माणका काम गर्न सम्झाउनुभयो ।
Leave a Reply