ग्लोबल टिभि
0
काठमाण्डौं । नेपाली कांग्रेसले प्रदेश सभामा मुख्यमन्त्री बिरुद्धको अबिश्वास प्रस्ताव लगायतका बिषयमा निर्णय गर्ने अधिकार प्रदेश संसदीय दललाई दिइएको स्पष्ट गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्ति जारी गरि ‘कतिपय सञ्चारमाध्यममा भ्रम सिर्जना गर्ने गरि समाचार प्रकाशन प्रसारण भएको भन्दै’स्पष्टीकरण दिएका हुन् ।
पौडेलद्धारा जारी बिज्ञप्तिमा बरिष्ठ नेता रामचन्द्र पौडेल समेतको उपस्थितिमा प्रदेश १ र बाग्मती प्रदेशका केन्द्रीय सदस्यहरु छलफल भएको जनाउँदै उक्त छलफलमा सभापति शेरवहादुर देउवाले ‘आबश्यक निर्णय लिने अधिकार प्रदेश सभालाई दिँदा ब्यबहारिक र लोकतान्त्रिक हुने धारणा राख्नुभएको’ उल्लेख गरिएको छ ।
Post Views: 1,278
Leave a Reply