बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा
ग्लोबल टिभि
बुधबार, चैत्र २, २०७८
0
चैत्र २
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
संसद् अधिवेशन अन्त्यको भए लगत्ते एमालेले बैठक दलको बोलाएको हो। बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा सरकारले संसद अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल गरिने बताइएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसदको अन्त्य गरेकी हुन् ।
Post Views: 904
Leave a Reply