नागरिक समाजले प्रधानमन्त्री निवासमै प्रदर्शन गर्ने

 ग्लोवल टि.भी.      शनिबार, माघ १०, २०७७      0

काठमाडौं । नागरिक समाजले आगामी माघ १२ गते सोमबार प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ ।

संसद विघटनको विरोधमा सुरु भएको बृहत नागरिक आन्दोलनले यसअघि नै बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो । सोहीअनुसार प्रदर्शन कार्यक्रम सोमबारका लागि तय गरिएको नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले जानकारी दिए ।दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ ।

मार्चपासका क्रममा कलात्मक प्रस्तुति पनि हुने छन् ।

संसद विघटन र सबै प्रकारका प्रतिगमनको विरुद्ध कार्यक्रममा सहभागिताका लागि कवि, लेखक, कलाकार,संगीतकर्मी, बौद्धिक, पेशाकर्मी उवम् नागरिक अभियन्तालाई अनुरोध गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *