चैत्र २
काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना बढेको छ । हरिप्रभा मेयरको उम्मेदवार बन्ने संकेत गर्दै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
काँग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी सृजना सिंहले काठमाडौंमा महिला मेयरको माग राख्न आव्हान नै गरेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्,‘पुरुष मेयर हेर्यौं अब महिला मेयर हेरौं रोजौं ।’
काँग्रेसको राजनीतिमा बलियो प्रभाव रहेका र काठमाडौं उपत्यकामा बलियो पकड बनाएका प्रकाशमान सिंहले पनि हरिप्रभालाई नै अगाडि बढाउने तयारी गरेको बुझिएको छ । काठमाडौं र ललितपुर काँग्रेसमा सिंह निकट पार्टी सभापतिहरु जितेकाले पनि उनीनिकटहरुले टिकट पाउने आँकलन गरिएको छ । यसकारण पनि उपत्यकामा टिकटका दाबेदारहरु चाक्सीबारीमा बढी देखिन थालेका छन् ।
मेयरको धेरै चर्चा भयो ..काठमान्डुमा धेरै मेयर भए ..पिएल सिॅहको पालामा मात्र केहि सुधार भए …अब बाकी सुधार गर्न महिला मेयरको माग राखौ ..पुरूष मेयर धेरै हेर्यौ अब महिला मेयर हेरौ रोजौ..सोच बदलौ..काठमान्डुको मुहार बदलौ ..व्यस्थित शहर बनाऔ ..जय काठमान्डु ..जय नेपाल 🙏
— Sirjana Singh (@Sirjana_Singh) March 16, 2022
Leave a Reply