राष्ट्रिय सुरक्षा नीतिलाई सुदृढ बनाउन आवश्यक छ : प्रधानमन्त्री देउवा

 ग्लोबल टिभि      बुधबार, चैत्र २, २०७८      0

चैत २

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको उनले दाबी गरेका हुन् । सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिकाताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले एकीकृत कार्ययोजनाको प्रगति अनुगमन गर्ने जिम्मेवारीसमेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई प्रदान गरेको बताए । उनले आफ्नो जिम्मेवारी प्राथमिकताका साथ पूरा गरी राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा सचिवालयले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा राखेको पनि बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *