ग्लोबल टिभि
0
काठमाडौं । नेपाली काँग्रेसका देशभरका वडा इकाइहरुले संसद विघठनको विरोधमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । काठमाडौं स्थित चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ इकाइ समितिले पनि विरोध पर्दशन कार्यक्रम गरेको छ । मोटरसाइकल र्याली निकालेर सुरु भएको विरोध कार्यक्रम कोणसभामा परिणत भएर सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागीहरुले प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको चर्को आलोचना गरेका थिए । नेपाल तरुणदल काठमाडौं संगठन विभाग सदस्य नविन महर्जनले आन्दोलनको कार्यक्रमलाई आगामी दिनमा अझै सशक्त बनाउँदै लैजाने जानकारी दिए ।
Post Views: 1,345
Leave a Reply