चुनाव कुनैपनि हालतमा हुँदैन :बिडारी

 ग्लोवल टि.भी.      आइतवार, माघ ११, २०७७      0

राष्ट्रियसभा सदस्य एवं अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम संविधानबिपरीत भएको दाबी गरेका छन्।

शनिबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्रीको कदम संविधान विरुद्धको काम भएको भन्दै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने संविधानमा कुनै विषेशाधिकार नभएको दावी गरेका हुन् । प्रधानमन्त्रीले घोषणा गरेपनि कुनैपनि हालतमा चुनाव नहुने समेत उनले बताए । उनले पदकै कारण संसद बिघटन गरिएको भन्दै निर्वाचन गर्न प्रधानमन्त्री इच्छुक नै नभएको तर्क गरे।

साक्षात्कारमा अधिवक्ता बिष्णु भट्टराईले संसद विघटनको विषयमा अहिले संवैधानिक इजलासमा बहस जारी रहेकोले यो विचाराधिन मुद्दामा सार्वजनिक रुपमा टिकाटिप्पणी गर्न नहुने बकताए। उनले प्रधानमन्त्रीको दल औपचारिक रुपमा बिभाजित नभएको अवस्थामाा विश्वासको मत लिनुपर्ने प्रश्न नै नउठ्ने तर्क गरे।
त्यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *