काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पद नपाएका कारण प्रचण्ड पक्ष पार्टीबाट अलग भएको बताएका छन् ।
पाँचथर काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको भेलामा रायमाझीले लडाइँ विचारका लागि नभएकाले समाधान निकाल्न नसकिएको बताए।
दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरेको पार्टीको आन्तरिक अन्तरविरोधको कारण संसद् विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको समेत उनले बताए ।
ओलीलाई पछार्छु भन्दा प्रचण्ड– नेपाल पक्ष नै सडकमा पछारिएको टिप्पणी गरेका छन्् । अहिलेको लडाइँ विकास समृद्धि कि विनास, सत्य कि असत्य, राष्ट्रियता कि राष्ट्रिय हितविरुद्ध उभिने सम्बन्धमा भइरहेको उनले बताए ।
प्रचण्ड–नेपाल पक्षका नेताहरूले लामो समयदेखि आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव हाल्न हस्ताक्षर अभियान चलाएकाले बाध्यात्मक रूपमा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको बाटो रोज्नुपरेको बताएका छन्।
Leave a Reply