सानेपामा राजनीतिक भविष्य सुनिश्चित गर्न विद्यार्थी नेताको पाँच बुँदे माग ( ज्ञापनपत्रसहित)

 ग्लोबल टिभि      आइतवार, चैत्र ६, २०७८      0

चैत ६
विद्यार्थी नेताहरूले संगठनमा जीवनको उर्वर समय लगानी गरेका नेता–कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्न पाँच बुँदे माग गरेका छन् ।

नेविसंघ संघर्ष समितिले आज सानेपामा पाँच बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएर प्रर्दशन समेत गरेको छ ।

“एउटा ऐतिहासिक पार्टी, लोकतान्त्रिक पार्टी, गौरवशाली पार्टी र समावेशी पार्टीभित्र सिन्डिकेट लगाएर पाखा लगाउन खोज्नु न्यायको सिद्धान्तविपरीत हो । घरका पिल्लरहरू भाँचेर बलियो घरको निर्माण गर्न खोज्नु दिवा स्वप्न मात्र हो,” ज्ञापनपत्रमा लेखिएको छ, “नेपाली कांग्रेसको सिद्धान्त लोकतान्त्रिक समाजवादअन्तर्गत सामाजिक न्याय, आर्थिक समानता र राजनीतिक स्वतन्त्रताभित्र न्यायको सिद्वान्तमा आधारित मान्यताअनुरूप सबै उमेर समूहका विद्यार्थी नेताहरूको व्यवस्थापन नै अहिलेको आवश्यकता हो ।”

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *