स्थिरताको लागि जनादेशमा जादा संबिधान विरोधी काम नहुने : प्रधानमन्त्री

 ग्लोबल टिभि      आइतवार, माघ ११, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरतालाई भत्काएर अस्थिरता निम्त्याउने प्रयास भएकाले आफुले जनतामा जाने निर्णय गरेको बताएका छन्।

आइतबार काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरताको लागि ताजा जनादेशमा जादा संबिधान विरोधी काम नहुने तर्क समेत गरेक छन्।
प्रधानमन्त्री ओलीले संसदलाई पाँच बर्षको जागिर ठान्नेहरुले अहिलेको कदमको विरोध गरेको आरोप लगाए। अब निर्वाचनबाट नै को सहि र को गलत भन्ने निर्णय हुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनमा ध्यानकेन्द्रित गर्न सबैलाई आग्रह गरे।

ओलीले देशमा सुशासन कायम गर्नु र विकास गर्नु नै सरकारको काम रहेको जिकिर गरे।
देशमा ठूला–ठूला नेताले बाटो बिराउँदा पार्टीका केही अपांगता भएका नेताले जोगाएको उनको भनाइ थियो। आफ्नो मिर्गौला फेल भएर प्रत्यारोपण गरेको प्रसंग सुनाउने उनले त्यस अर्थमा आफू पनि अपांग भएको बताए।

प्रधानमन्त्री ओलीले बालबालिका मुक्त सडक बनाइएको दाबी पनि गरे । प्रधानमन्त्री अ‍ोलीले सरकारले सडक मानवमुक्त अभियान सफल पारेको र सडकमा अलपत्र परेका अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले खोजीखोजी खाना खुवाएको उल्लेख गरेका छन् । अपाङ्गता भएको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको उनले बताए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *