नेकपाकै कार्यकर्ताबाट भएको हत्या जाहेरी नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं : कांग्रेस प्रवक्ता

 ग्लोबल टिभि           0

काठमाण्डौं ।  नेकपाको स्थानीय दुई समुहबीच पर्सा जिल्लामा बिहीबार भएको झडपमा एक जनाको मृत्यु भएको घटनामा दोषीमाथि कारवाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेकोमा मुख्य विपक्षी  नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।घटनामा घाइते भए उपचारका क्रममा निधन भएका विन्दावासनी गाउँपालिकाका सचिव एवम् नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको शव अहिले पनि अस्पतालमा नै रहेकोमा काँग्रेसले ध्यानाकर्षण भएको जनाएको हो । पार्टीले घटनाको गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन माग समेत गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *