उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

निर्वाचन आयोगलाई झड्का

 ग्लोबल टिभि      मङ्लबार, चैत्र ८, २०७८      0

चैत ८ – सर्वोच्च अदालतले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश जारी गरेको छ । जस्ले निर्वाचन आयोगको निर्णयलाई ठूलो झडका लागेको छ ।

मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले आचारसंहितामा राजीनामा दिनुपर्ने व्यवस्था राख्नु पर्नाको कारणसहित लिखित जवाफ पेस गर्न भनेको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *