ग्लोबल टिभि
0
चैत ९-नेकपा माओवादी केन्द्रका नेता मातृका यादव वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका कारण मधेश प्रदेशको राजनीतिक प्रशिक्षणमा नगएको खुलेको छ।
उनीनिकट एक केन्द्रीय सदस्यका अनुसार वरिष्ठ नेता श्रेष्ठप्रति असन्तुष्टि जनाउँदै यादव प्रशिक्षणमा नगएका हुन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा मंगलबार जनकपुरधाममा भएको मधेश प्रदेशको राजनीतिक प्रशिक्षणमा यादव नगएका हुन् ।
तर, उनले कार्यक्रम पूरै अवलोकन गरेका थिए ।
तराईका सहिद रामवृक्ष यादवको सालिक सारेयता नेता यादव पार्टीका वरिष्ठ नेता श्रेष्ठ र गिरिराजमणि पोखरेल लगायतसँग असन्तुष्ट छन्।
Post Views: 975
Leave a Reply