ग्लोवल टि.भी.
आइतवार, माघ ११, २०७७
0

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई कारबाही गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको स्थायी कमिटि सदस्य पम्फा भुसालले जानकारी दिइन् ।अध्यक्ष ओलीलाई पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो ।
यसअघि प्रचण्ड नेपाल समूहको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर स्पष्टिकरणको समेत चित्तबुझ्दो जवाफ नदिएपछि कारबाही गरिएको भुसालले जानकारी दिइन् ।
स्थायी कमिटीको अर्को बैठक दुई दिनपछि बस्ने निर्णयसँगै बैठक सकिएको छ ।

Leave a Reply