सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक अवस्थादेखि निरास नहुन आम जनतालाई आग्रह गरेका छन्।
क्यापिटल इन्टरटेनमेन्टद्वारा आइतबार काठमाडौंमा आयोजित ‘सातौँ नेशनल क्यापिल अवार्ड–२०७७’ कार्यक्रममा अवार्ड प्रदान गर्दै सरकारका प्रवक्ता रहनुभएका मन्त्री गुरुङले ताजा जनादेशसँगै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले विश्वव्यापी फैलिएको कोरोना भाइरससँग रहनुपर्नेमा जोड दिँदै त्यसबाट निराश नहुन आग्रह गरेका छन् । मन्त्री गुरुङले नेपाली कला, साहित्य र संस्कृतिले मुलुक निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै त्यस क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सरकारले छिट्टै सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा गीतकार उन्नति शीला बोहरालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । त्यसैगरी पत्रकारद्वय दिनेश थापा र शान्तिप्रिय, गीतकार युवराज अधिकारी, भीष्मराज फुलारा, प्रतिमा गुरुङ, मीना सुब्बा, सुरेन्द्र महर्जन, सङ्गीतकार सन्तोष श्रेष्ठ र गायक छिरिङ भुटियालाई सम्मान गरिएको छ । त्यसैगरी ३७ विधामा ४५ सर्वोत्कृष्ट गायकरगायिका, सङ्गीतकार र सर्वोत्कृष्ट मोडललाई अवार्ड प्रदान गरिएको छ ।
Leave a Reply