ग्लोबल टिभि
0
नेकपा दाहाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै काठमाडौंमा वृहत प्रदर्शन गर्ने घोषणा गरेको छ ।
सोमबार संघर्ष समितिले पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना र १६ गते जुलुससहित शहीदप्रति श्रद्धाञ्जली दिइने छ ।
यसैगरी, २२ गते काठमाडौंमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरिने जनाइएको छ ।
निर्वाचन आयोगको निर्णयबाट ओली समूह उत्साहित देखिएको छ भने दाहाल समूह निराश देखिएको छ ।
Post Views: 1,277
Leave a Reply