ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कै दोस्रो लामो दाङको राप्ती नदीमा रहेको पुल उद्घाटन गरेका छन्।
राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीको २०७३ मंसिर २२ गते पुष्पकमल दाहालल प्रचण्डले शिलान्यास गरेका थिए।
राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ । चौडाइ साढे १० मिटर छ । उक्त पुल करिब एक अर्बको लागतमा निर्माण गरिएको हो । पुल ४ वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता भएको थियो ।
निर्माण कम्पनीले तोकिएको समयभन्दा ४ महिना अगाडि नै पुल निर्माणको काम पुरा गरेको थियो । उक्त पुल ६ महिनाअघि निर्माण सम्पन्न भएको थियो ।
Post Views: 1,525
Leave a Reply