आवश्यकताको आधारमा चुनावी गठबन्धन हुनसक्ने : कांग्रेस बैठक

 ग्लोबल टिभि      आइतवार, चैत्र १३, २०७८      0

चैत १३- नेपाली कांग्रेसका केन्द्रीय सदस्य निर्वाचनमा चुनावी गठबन्धनको पक्षमा उभिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले आवश्यकताको आधारमा गठबन्धन गरेर जानुपर्ने बताएका हुन् ।

भोलिसम्म निर्णय हुनसक्ने भन्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले नै गठबन्धनबारे अनुमान गर्न आवश्यक नभएको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको बैठकमा पनि नेताहरुले आवश्यताका आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताए ।

गठबन्धनमा जाने नजाने भन्ने रणनीतिक विषय हो । के गर्दा पार्टीलाई फाइदा हुन्छ भन्ने बाहेक अरु मापदण्ड हुन सक्दैन,’ प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘भोलि सबै बोलिसकेपछि कुन मोडालिटीमा जान्छ भन्ने निर्णय केन्द्रीय समितिले गर्छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *