जनताले मन नपराएको राजसंस्थाको एजेण्डा छाडेको राप्रपा नेपालका अध्यक्ष थापाको जिकीर

हिन्दु राष्ट्र बनाउने अडान यथावत

 ग्लोबल टिभि           0

चैत १४- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने दावी गरेका छन् ।

चौरानब्बे प्रतिशतभन्दा बढि नागरिकहरु हिन्दु राष्ट्रको पक्षमा रहेकाले आफ्नो पार्टी आगामी दिनमा बलियो शक्तिको रुपमा स्थागित हुने उनको तर्क छ । स्थानीय तह निर्वाचनको तयारी भईरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अव एउटा बलियो शक्ति बनेर उदाउने बताएका छन् ।

सोमबार बीरगंजका स्थानीय सञ्चारकर्मीहरु माझ उनले जनताले मन नपराएको राजसंस्थाको एजेण्डालाई आफ्नो पार्टीले छोडेको पनि स्पष्ट पारे । राजसंस्थाको एजेण्डालाई छाडेपछि आफ्नो पार्टीलाई नागरिक समाज, बुद्धिजीवि र आमसञ्चार माध्यामहरुले पनि सकारात्मक रुपमा लिने उनको विश्वास थियो ।

अध्यक्ष थापाले पश्चिमा मुलुकहरुको दवावका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको दावी समेत गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *