अमेरिकी राजदूत बेरी र प्रचण्ड बिच भेटवार्ता

 ग्लोवल टि.भी.      सोमवार, माघ १२, २०७७      0

अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन्।

सोमबार बिहान खुमलटारमा भएको प्रचण्डसँगको भेटमा आफूले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरि महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहो¥याएको राजदूत बेरीले बताएका छन्।

यसअघि राजदूत बेरीले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरे। उनले बाइडेन प्रशासनका प्राथमिकताबारे बताएका थिए।

यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पहिलो प्राथमिकतामा राख्दै जलवायु परिवर्तन लगायत मुद्दालाई पन्छाएका थिए। नयाँ राष्ट्रपति बाइडेनले भने अमेरिकालाई फेरि पेरिस क्लाइमेट सम्झौतामा जोड्ने निर्णय गरेका छन्।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *