कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १३, २०७७      0

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्ने पक्षमा धेरैजसो नेताहरु छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *