माघ १५ सम्म निर्वाचनको मतदाता नामावली प्रकाशन गर्ने (भिडियो सहित)

 ग्लोबल टिभि      मङ्लबार, माघ १३, २०७७      0

सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय काठमाडौं निर्वाचनका तयारीमा जुटेको छ ।

निर्वाचनलाई प्रभावकारी बनाउनका लागि कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्बन्धी सरोकारवालासंग सोमबार छलफल गरेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले जानकारी दिए।

माघ १५ सम्म कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, माघ १७ गतेस्म्म त्रुटि सच्चाउन सकिने, नाममा दावी विरोध गर्न सकिने लगाएतका कामको थालनी सूची बनाएर नै गरिएको उहाले बताउनुभयो ।

त्यस्तै मतदाता नामावली थप्ने हटाउने, जिल्लामा अद्यावधिक गरिएको डाटा आयोगमा पठाउने कार्य फाल्गुन दुई गते सम्म सकिने भट्टराईले बताए।

त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले निर्वाचनको तयारी काठमाडौंको सवै स्थानीय तहमा प्रभावकारी रुपमा गर्ने बताए।

सरकारले वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसंगै मुलुकका सवै जिल्लामा नामावली अध्यावधीक गर्ने कार्य भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *