सेटिङ गरेर नबस्न ओलीलाई चेतावनी-नेपाल (भिडियो सहित)

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १३, २०७७      0

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुहरुसंग बहुमत केन्द्रीय सदस्य रहेकाले आफुहरु नै आधिकारीक नेकपा भएको दावी गरेका छन्।

सोमबार पेरिसडाँडामा सोमबार प्रदेश २ का कार्यकर्ता भेलामा नेता नेपालले एकताका बेलामा दर्ता भएको विधानलाई आयोगले मान्यता दिँदा आफूहरुसँगै बहुमत रहने बताए।

निर्वाचन आयोगले लेखेको पत्रमा ४४१ जनाको केन्द्रीय कमिटी र ४५ जनाको स्थायी कमिटीलाइ मान्यता दिन उल्लेख रहेको र उक्त संख्याको बहुमत आफुहरुसंग रहेको तर्क गरे।

नेता नेपालले सेटिङ गरेर नबस्न ओलीलाई चेतावनी दिदै सूर्य चिह्‍न पनि आफ्नो पक्षको हुने बताए । उनले भ्रष्टचारको मुद्धा उठाउदा प्रधानमन्त्रीले संसद नै बिघटन गरेको आरोप समेत लगाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *