भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १३, २०७७      0

भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा राजपथमा विशेष समारोह आयोजना गरिएको छ । भारतको सैन्य शक्ति, बिभिन्न झाँकीसमेत प्रदर्शन हुने समारोहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने छन् ।

२६ जनवरी १९५० मा भारतमा गणतन्त्र स्थापना भएको थियो । भारतको गणतन्त्र दिवसमा अघिल्ला वर्षहरुमा विदेशी विशिष्ट पाहुनालाई प्रमुख अतिथिको रुपमा सहभागी हुने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण कोही पनि विदेशी पाहुनालाई प्रमुख अतिथिको रुपमा बोलाइएको छैन । ५५ वर्षपछि पहिलोपटक प्रमुख अतिथिविना भारतले गणतन्त्र दिवस मनाउन लागेको हो ।

यसैगरी समारोहमा गरिने परेडको दुरी पनि यस वर्ष छोट्याइएको छ । विगतमा लाल किल्लासम्म जाने गरेको परेड यस वर्ष विजय चोकदेखि राष्ट्रिय रंगशालासम्म मात्र जाने छ । परेडमा भारतका १७ राज्य केन्द्र शासित प्रदेशका झाँकी प्रदर्शन गरिने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *