ग्लोबल टिभि
मङ्लबार, माघ १३, २०७७
0
अमेरिकी राजदूत ¥यान्डी बेरीले सोमबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।
बूढानीलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताबारे छलफल भएको थियो । बेरीले बाइडेन प्रशासनका प्राथमिकताबारे देउवालाई जानकारी गराएका थिए ।
बाइडेनले कार्यभार सम्हालेयता अमेरिकाले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनका विरुद्ध लड्ने र विश्वभर महिलाअधिकारको उत्थान गर्ने विषयमा प्रतिबद्धता जनाइरहेका छन् । जसलाई राजदूत बेरीले ओली, दाहाल र देउवासँगको भेटवार्तामा पनि दोहो¥याएका थिए ।
बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार बिहान खुमलटार पुगेर भेटवार्ता गरेका थिए ।
Post Views: 1,392
Leave a Reply