ग्लोबल टिभि
मङ्लबार, माघ १३, २०७७
0
संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–माधव समूहले आज सिटी जुलुस निकाल्दैछ ।
दिउँसो तीन बजे लौनचौरबाट सिटी जुलुस निस्कने राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)ले बताए ।
उनका अनुसार, सिटी जुलुस लौनचौरबाट असन इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिनेछ । जुलुसलाई जनसंगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
तेस्रो चरणको आन्दोलन घोषणा गरेको यो समूहले देशका ठूला शहरहरुमा जनप्रदर्शन गर्ने तय गरेको छ ।
गएको पुस १४ र माघ ९ मा राजधानी उपत्यकामा शक्ति प्रदर्शन गरेको यो समूहले माघ २८ मा पनि राजधानीमा जनप्रदर्शनको तयारी गरेको छ ।
Post Views: 824
Leave a Reply