प्रधानमन्त्रीविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ । न्यायालयको अपहेलना गरेकामा कार्वाही माग गरिएको मुद्दा अदालतले दर्ता गरेको हो ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले माघ ११ गते पेश गरेको प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा दर्ता गरिएको हो ।

प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अर्का अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए ।

यही माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीप्रति गरेको ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणीको सर्वत्र आलोचना भएको छ ।

ओलीले अदालती बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गरेकाले अदालत र इजलाशसमेतको अपहेलना भएको दावी निवेदनमा गरिएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *