ओली दिमाग खुस्केको मान्छे हो : माधव नेपाल

 ग्लोबल टिभि      आइतवार, चैत्र २०, २०७८      0

चैत्र २०- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

आइतबार बिहान धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

उनले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै ‘दिमाग खुस्केको मान्छे’ भएको आरोप पनि लगाए । ‘दिमाग खुस्केको जस्तो जे पायो त्यही बोलिराख्या छ, बकबक गरिराख्या छ, त्यो बाहेक अरु केही छैन,’ उनले भने, ‘हामी सुसंस्कार दिन्छौं, उत्प्रेरित गर्छौ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *