प्रतिगमनविरुद्ध प्रचण्ड–माधव पक्षको सिटी जुलुस (भिडियो सहित)

 ग्लोबल टिभि           0

संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–माधव पक्षले मंगलबार काठमाडौंमा सिटी जुलुस निकालेको छ ।

काठमाडौको लैनचौरबाट सुरु सिटी जुलुस असन इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सम्पन्न भएको थियो । सिटी फुकेर जुलुसमा सहभागी भएका नेकपाका नेता तथा कार्यकर्ताले असंवैधानिक कदम खारेज गर्नुपर्ने भन्दै सरकारबिरोधी नारा लगाएका थिए ।

नेकपाले सोमबार तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । जसअनुसार, मंगलबार सिटी जुलुस निकालिएको नेकपाले जनाएको छ ।

आन्दोलनका क्रममा नेकपाका सो पक्षले देशका ठूला शहरहरुमा जनप्रदर्शन गर्ने तय गरेको छ । गएको पुस १४ र माघ ९ मा राजधानी उपत्यकामा शक्ति प्रदर्शन गरेको माघ २८ मा पनि राजधानीमा जनप्रदर्शनको तयारी गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *