काठमाण्डौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतका रुपमा गुप्तचर निकाय रअका प्रमुख सामान्त गोयल नेपाल आएको बताएका छन् । दुई देशका प्रधानमन्त्रीबीच गत अगष्टमा भएको टेलिफोन बार्ताका क्रममा अपासी समस्या समाधान गर्न विभिन्न माध्यमबाट छलफललाई निरन्तरता दिने सहमति अनुसार नै प्रधानमन्त्रीको मोदिको प्रतिनिधिको रुपमा गोयल नेपाल आएको मन्त्री ज्ञवालीले बताए ।
रेडियो कान्तिपुरसंग कुरा गर्दै उनले भारतीय समकक्षीको प्रतिनिधीका रुपमा प्रधानमन्त्री ओलीले गोयलसंग शिष्टाचार भेट मात्रै गरेको बताए । समकक्षीबीच हुने बार्ता र शिष्टाचार भेटवीचको फरक छुट्याउन जरुरी रहेको भन्दै मन्त्री ज्ञवालीले आवश्यक पर्दा नेपाली प्रतिनिधीले भारतीय उच्च नेतृत्वसंग शिष्टाचार भेट गरेको बताए । सरकारले भारतीय गुप्तचर निकायसंग गोप्य र अपारदर्शी भेट नगरको भन्दै उनले यसलाई दुई देशको सम्वन्ध सुधारमा अस्वभाविक नमान्न पनि आग्रह गरे । प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलको भेट सम्वन्धमा सुचनाको अभाव र राजनीतिक पुर्वाग्रहका आधारमा अनावश्यक विरोध र आलोचना गर्नुको औचित्य नरहेको उनको भनाई थियो ।
Leave a Reply