ग्लोबल टिभि
बुधबार, माघ १४, २०७७
0
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको निःशुल्क खोप उपलब्ध गराइसक्ने बताएका छन् ।
कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटार निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’
कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ ।
Post Views: 1,121
Leave a Reply