ग्लोबल टिभि
बुधबार, माघ १४, २०७७
0
लुम्बिनी प्रदेशका मुख्यमन्त्री ओली समूहका नेता शंकर पोखरेलले प्रधानमन्त्री हुन रहर गर्नेलाई चुनावमा सहभागी हुन चुनौती दिएका छन्।
राष्ट्रिय युवा संघ नेपालले मंगलबार बुटवलमा आयोजना गरेको कार्यकता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पदका लागि नै विवाद देखिएको भन्दै प्रधानमन्त्री हुन रहर भए चूनाव लड्न चूनौती दिएका हुन्।
उनले प्रधानमन्त्री ओली पार्टीले टिका लगाएर प्रधानमन्त्री बनेको नभई जनताबाट अनुमोदित भएर प्रधानमन्त्री बनेकाको समेत बताए।
अधिवेशन हारेका माधव नेपाल पार्टी फोडेर अध्यक्ष बनेको र बिघटीत संसदीय दलको बैठक बोलाएर प्रचण्ड दलका नेता बन्नु लज्जास्पद भएको उनले बताए। पोखरेलले जनताका पक्षमा निर्णय नगर्ने, दलको निर्णय नमान्ने सांसदको कुनै ओचित्य नभएको बताए।
Post Views: 1,131
Leave a Reply