चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

 ग्लोवल टि.भी.      बुधबार, माघ १४, २०७७      0

विचाराधीन मुद्दा प्रभाव पार्न खोजेको भन्दै सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

अधिवक्ता लोचन भट्टराईसहितका केही कानून व्यवसायीले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीमाथि अवहेलना मुद्दा चलाउन माग गर्दै निवेदन दिएका हुन् ।

चार पूर्वप्रधानन्यायाधीशले केही दिनअघि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गरी अदालतलाई दबाब दिन विज्ञप्ति निकालेको आरोप लगाइएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *