चुनावी विवादले ज्यान गयो

 ग्लोबल टिभि           0

नेपाल तरूण दल बझाङ छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहलाई खुँडा प्रहार गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित वडा नम्बर ३ का वडाध्यक्ष विकास ऐडी, ज्ञानबहादुर कडायत, प्रकाश ऐडी र केदार ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी गराए।

स्थानीय बन्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको मंगलबार भएको निर्वाचन सकेर घर फर्कंदै गर्दा सिंहमाथि खुँडा प्रहार भएको थियो।
विद्यालयमा नेकपा र नेपाली कांग्रेस समर्थित गरी दुई समूह चुनावमा थियो। कांग्रेस पक्षले चुनाव जितेपछि नेकपाले आक्रमण गरेको बताइएको छ।

सिंहको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान सुरू गरिएको खड्काले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *