प्रचण्ड–माधव समूहले आजदेखि माइतीघरमा एकसाता धर्ना दिने

 ग्लोवल टि.भी.      बुधबार, माघ १४, २०७७      0

प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलनमा रहेको नेकपा (प्रचण्ड–माधव समूह)ले आज देखि माइतीघरमा एकसाता धर्ना दिने भएको छ।

सो समूहले तेस्रो चरणको विरोधअन्तर्गत माघ २१ सम्म धर्नाको कार्यक्रम राखेको छ ।

धर्नामा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्य सहभागी हुने बताइएको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध यो समूहले सोमबार तेस्रो चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *