प्रतिनिधिसभा बिघटनबिरुद्ध प्रचण्ड–माधव समुहको धर्ना

 ग्लोबल टिभि           0

प्रतिनिधिसभा बिघटनबिरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले बुधबारदेखि काठमाडौंको माइतिघरमा धर्ना सुरु गरेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा प्रचण्ड–नेपाल समूह माइतीघरमा धर्नामा बसेका हुन् । असंवैधानिक रुपमा संसद बिघटन गरिएको भन्दै त्यसको विरोधस्वरुत एकसातासम्म धर्नामा बस्ने नेकपा सो पक्षका नेतृ पम्फा भूषाले बताए ।

धर्ना कार्यक्रममा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु सहभागी छन् । संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको जिकीर गर्दै आएको नेकपाले संसद जीवित छ भन्ने सन्देश दिने उद्देश्यले धर्नाको आयोजना गरेको भूषालले बताए । उनले सर्वोच्चले संविधान अनुसार न्यायोचित निर्णय गर्ने र प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गरे । त्यस्तै उनले निर्वाचन आयोगले आफ्नो कानून र विवेक प्रयोग गर्न नसकेको बताए।

प्रधानमन्त्रीको कदमबिरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्ने गरि थप कार्यक्रम सार्वजनिक गरेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *