आन्दोलनमा जानेबारे पार्टीमा विवाद छैन : कांग्रेस ( बिज्ञप्ति सहित)

 ग्लोवल टि.भी.      बुधबार, माघ १४, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा बिघटनको असंबैधानिक कदम बिरुद्ध पार्टीमा कुनै विवाद नरहेको स्पष्ट पारेको छ ।
सभापति शेरवहादुर देउवा आन्दोलनको पक्षमा नरहेको , बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको करबलले मात्र आन्दोलनमा जान तयार भएको भनि आएका समाचारप्रति कांग्रेसले स्पष्ट पारेको छ ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्ति जारी गरि  कांग्रेसले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको कदमविरूद्ध आन्दोलनमा जाने सर्वसम्मत निर्णय गरिएको भन्दै यसबारे पार्टीभित्र बिवाद नरहेको जनाएका हुन् ।

यस्तै माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गरेर बैठकले सर्वसम्मतिले नै पारित गरेको पौडेलले जनाए।

कांग्रेसले माघ १९ गते सोमबार, माघ २४ गते शनिबार र फागुन ३ गते सोमबार आन्दोलन गर्ने बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *