ग्लोबल टिभि
0
काठमाडौं,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकता पक्षधरका संयोजक वामदेव गौतमको एकता अभियान घोषणा सुरु भएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहालको कारण नेकपा चिराचिरा भएको उनको दाबी छ उक्त कार्यक्रममा सम्बोधन गर्दै नेता गौतमले फुटेर पनि फेरि बहुमत ल्याउँछु भन्नु दिवा स्वप्न भएको बताए । एकता अभियान केन्द्रदेखि प्रत्येक स्थानीय तह र वडासम्म लैजाने गरी एकता समन्वय समिति गठन गरिएको छ । उनले अघिल्लो चुनावी नतिजाको आँकडा प्रस्तुत गर्दै विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरे ।
वामदेवको एकता अभियान लामो जाने र उनी तत्काल दुवै नेकपामा सामेल नहुने देखिएको छ ।पार्टी बिभाजन पछि बामदेव दुबै गुटमा नलागि एकता अभियानमा लागेका छन् ।
Post Views: 1,285
Leave a Reply