अस्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा

 ग्लोबल टिभि      आइतवार, चैत्र २७, २०७८      0

चैत्र २७-अस्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा भएको छ ।

अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मे २१ का लागि आमनिर्वाचन घोषणा गरेका हुन् ।मोरिसनले निर्वाचन मिति घोषणा गर्दै मे २१ मा अस्ट्रेलियनहरूले मतदान गर्ने बताएका छन् । मोरिसनले सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री रहेका छन् ।

मेरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा ७६ सिट रहेका छन् । अष्टे«लियामा सरकार फेरबदल हुन सक्ने र लेबर पार्टी सत्तामा आउन सक्ने चुनावी सर्वेक्षणले देखाएको छ ।

पछिल्लो समयमा प्रधानमन्त्री मोरिसनविरुद्ध थुप्रै आरोप लागेपछि त्यहाँको जनताहरू माझ उनको लोकप्रियता कमी भएकोले आगामी चुनावमा जित्न गाह्रो हुने राजनीतिज्ञहरूको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *