अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन : सरकारी गाडी चल्न नदिने

 ग्लोबल टिभि           0

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा -प्रचण्ड-माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् ।

अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् ।

अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ ।

अनेरास्ववियूले लिपुलेक, लिम्पियाधुरासहिको नयाँ नक्सा छापिएको पाठ्यपुस्तक सार्वजनिक गरी पढाउनुपर्ने मागसमेत गरेको छ ।

संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा ¥याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *