निर्वाचन आयोगले ओली र प्रचण्ड-नेपाल मूहसँग छलफल गर्दै

 ग्लोबल टिभि           0

निर्वाचन आयोगले आज नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै समूहसँग छलफल गर्न लागेको छ।

शुक्रबार बिहान साढे ११ बजे नेकपा ओली पक्षका नेताहरू र प्रचण्ड-नेपाल पक्षका नेताहरूसँग आयोगले छलफल गर्न लागेको हो।

अध्यक्ष वा अध्यक्षले पठाएका पाँचरपाँच जना प्रतिनिधिसँग आयोगले छलफल गर्दैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड-नेपाल गरी दुई समूह क्रियाशील छ।

यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन तय गरेका छन्। तर प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *