ग्लोबल टिभि
0
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा प्रदर्शन र सभा गर्न लागेको छ।
शुक्रबार दिउँसो १ बजे प्रदर्शनसहित शान्ति बाटिकामा कांग्रेसले सभा गर्न लागेको छ।
सभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू गगन थापा, पुष्पा भुसाल, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान, सबुजकृष्ण बानियाँलगायतले बोल्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ।
प्रधानमन्त्री ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा विघटन गरेकोले उक्त कदम सच्चिनुपर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ।
Post Views: 1,271
Leave a Reply