प्रचण्ड नेपाल समुहले विराटनगरमा प्रदर्शन गर्दै

 ग्लोबल टिभि           0

नेकपाकोप्रचण्ड –नेपाल समूहले आज विराटनगरमा विरोधसभा गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध हिजो बुटवलमा शक्ति प्रदर्शन गरेको दाहाल–नेपाल समूहले आज विराटनगरमा पनि विरोधसभा गर्न लागेको हो ।

विराटनगरको सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ । आज विराटनगरपछि सो समूहले भोलि धनगढीमा विरोधसभाको आयोजना गरेको छ ।

यता काठमाडौंको माइतीघरमा पनि धर्ना जारी छ । बुधबारदेखि धर्ना सुरु गरेको दाहाल–नेपाल समूहले माघ २१ गतेसम्मै निरन्तरता दिने यसअघि नै जनाएको छ ।

उपत्यका बाहिरका मुख्य शहर विराटनगर, बुटवल र धनगढीमा प्रदर्शन गरेपछि काठमाडौंमा माघ २८ गते धेरै नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *